×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उधारोमा साइकल बाँड्दै मन्त्री

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : अब्दुल्लाह/कान्तिपुर

    पुस १८, २०७२- विगतमा विभिन्न कारणले मिडियामा छाइरहने जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान फेरि चर्चामा छन्, साइकल चढेर र बाँडेर ।

    यसैसाता उनले प्रधानमन्त्री केपी ओली र दुई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र सुशील कोइरालालाई पनि साइकल बाँडे, एकाबिहानै उनीहरूकै निवास पुगेर । एकैछिन भए पनि तीनै नेताले पासवानले दिएको ‘एभरेस्ट ब्रान्ड’ को साइकल चढे र आनन्द लिए ।

    अबचाहिँ उनीहरूले कहिले साइकल चढ्ने हुन् स्वयं पासवानलाई नि थाहा छैन । ‘उत्सुक भएर तीनै जना आँगनमै भए पनि चढ्नुभयो,’ पासवानले भने,
    ‘मलाई विश्वास छ, उहाँहरूले चढ्नु हुनेछ ।’

    उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दलगायत पूर्व तथा वर्तमान उच्च ओहदाका व्यक्तिलाई साइकल बाँड्ने पासवानको योजना छ । दिनहुँजसो साइकल बाँड्दै हिँडे पनि मन्त्रालयकै अधिकारीचाहिँ मन्त्रीको साइकल अभियानप्रति असन्तुष्ट छन् ।

    ‘मन्त्रीज्यूले के गर्न खोज्नुभएको हो केही बुझ्न सकिएन,’ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता महेन्द्रकुमार थापाले बिहीबार कान्तिपुरलाई भने, ‘क–कसलाई साइकल बाँडियो र क–कसलाई साइकल बाँड्ने हो मन्त्रीज्यूलाई नै थाहा होला ।’

    प्रवक्ता थापाका अनुसार मन्त्रीको निर्देशनपछि स्टोर शाखाका हरिदत्त भट्टले पहिलो चरणमा १० वटा साइकल किनेका हुन्, त्यो पनि उधारोमा ।

    ‘मन्त्रालयभित्रका परियोजना, वातावरण विभाग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतबाट खर्च बेहोर्ने गरी साइकल किनिएको हो,’ प्रवक्ता थापाले भने, ‘एउटाको १८ हजार भनेको सुनेको थिएँ, विस्तृत थाहा छैन ।’ मन्त्री पासवान भने मन्त्रालयकै मोटरसाइकल किन्ने बजेटबाट साइकल किनिएको
    दाबी गर्छन् ।

    पहिलो चरणमा किनिएका १० साइकलमध्ये एउटा मन्त्री आफैंले कहिलेकाहीं चढ्छन् भने एउटा उनका अंगरक्षक भोला धमला र अर्को पीएसओ दिनेश देवकोटाले । बिहीबार, शुक्रबार र शनिबार मन्त्रीले साइकल प्रयोग गर्ने गरेका छन् ।

    उनले ओली, दाहाल र कोइरालालाई एक/एक साइकल हस्तान्तरण गरे । पूर्ववातावरण सचिव डा. कृष्णचन्द्र पौडेल, उनका पीए ओम अधिकारी र मन्त्रीको सचिवालयमा कार्यरत प्रकाश घिमिरेले आफूले प्रयोग गरिरहेका साइकल बिहीबार मन्त्रालयमै फिर्ता गरिसकेका छन् ।

    मन्त्रालय स्रोतका अनुसार अन्य भीआईपीहरूलाई बाँड्न कर्मचारीबाट साइकल फिर्ता गरिएको हो । पहिलो चरणमा किनिएका साइकलको भुक्तानी बाँकी छँदै मन्त्री पासवान भने थप साइकल किन्ने तयारीमा छन् । ‘विशिष्ट व्यक्तिहरूका लागि थप साइकल किन्न सल्लाह गरिरहेको छु,’ सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पासवानले भने, ‘विशिष्ट व्यक्तिहरूले पनि साइकल चढ्नुभयो भने वातावरणमैत्री अभियान अघि बढ्ने विश्वास छ ।’

    मन्त्री पासवानले ‘सस्तो’ लोकप्रियताका लागि पूर्वप्रधानमन्त्रीहरूलाई साइकल बाँडेको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा तीव्र आलोचना सुरु भएको छ । त्यो मन्त्रीलाई पनि थाहा छ ।

    साइकल बाँड्ने आफ्नो अभियानबारे केही मन्त्रीहरूले समेत आलोचना गरेको स्वंय मन्त्री पासवानले समेत बताए । ‘लोकप्रिय बन्न साइकल बाँड्यो भनेर कमेन्ट्सहरू आइरहेका छन्,’ उनले भने, ‘मेरो उद्देश्य ठूला मान्छेहरूले साइकल चढे भने अरूलाई पनि चढ्न हौसला पुग्नेछ भन्ने हो ।’

    साइकल लेन, साइकल चढ्ने व्यक्तिको सुरक्षा, नीति र आवश्यक संरचनाबिनै साइकल बाँड्ने मन्त्रीको अभियानप्रति वातावरण अभियन्ताहरू पनि सन्तुष्ट छैनन् ।

    ‘यो नौटंकीबाहेक केही होइन,’ वातावरण पत्रकार तथा द थर्डपोल इन्भारोमेन्ट न्युजका आयोजना प्रबन्धक रमेशप्रसाद भुसालले टिप्पणी गरे, ‘वातावरणका थुप्रै विषयलाई पाखा लगाएर मन्त्री वाहियात काममा सक्रिय भएको जस्तो देखिन्छ ।’

    अर्का वातावरण अभियन्ता राजु पण्डित क्षेत्रीले मन्त्रीजस्तो व्यक्ति र मन्त्रालयले साइकल बाँड्ने काममा मात्रै रमाउनुभन्दा नीतिगत तयारीमा सक्रिय हुनुपर्ने सुझाव दिए । ‘मन्त्री आफैंले साइकल चढेर प्रमोट गर्नु राम्रो त हो,’ क्षेत्रीले भने, ‘तर, मन्त्रालयले साइकल चढ्ने र बाँड्ने कुरालाई मात्र प्राथमिकता दियो
    भने वातावरणका अरू विषय छायामा पर्छन् ।’

    ठूला नेता र पूर्वप्रधानमन्त्रीहरूलाई साइकल बाँडेर मात्र जनतालाई राहत नपुग्ने क्षेत्रीको ठहर छ । ‘मन्त्री र मन्त्रालयले सबभन्दा पहिला साइकलका लागि नीति बनाउनुपर्‍यो, लेन बनाउनुपर्‍यो, अनि साइकलमा चढ्नेहरूको सुरक्षा प्रत्याभूत गर्नुपर्‍यो,’ क्षेत्रीको सुझाव छ, ‘साइकल बाँड्नु मात्र दीर्घकालीन समाधान होइन, मन्त्रालयले पहिला संरचना बनाउनुपर्‍यो ताकि साइकल चढ्न मनोबल बढोस् ।’

    विगतमा साइकल अभियन्ताहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई साइकल उपहार दिए पनि ती बेकामे बनेको र अहिलेको मन्त्रीको अभियान पनि त्यस्तै हुन सक्ने क्षेत्रीले सचेत गराए ।

    ‘वायु प्रदूषण र जलवायु परिवर्तनलगायतका विषयमा थुप्रै काम गर्न सकिन्छ,’ उनले भने, ‘मन्त्री र मन्त्रालयको ध्यान त्यता मोडिनुपर्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.