×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पीडितको तथ्यांक लिन गाउँ पस्दै इन्जिनियर

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १८, २०७२- अन्तर्राष्ट्रिय दाताको इच्छाअनुसार वास्तविक भूकम्पपीडितको पहिचान गर्न विद्युतीय तथ्यांक संकलन दोलखाबाट सुरु गरिएको छ ।

    पीडितको घरदैलो पुगेर अनलाइन लगत संकलन क्रमिक रूपमा प्रभावित अन्य १३ जिल्लामा पनि गरिनेछ । शुक्रबार सुरु लगत संकलनमा १ सय २७ इन्जिनियरसहित २ सय ५४ जनाको टोली दोलखाका गाउँ पसेका छन् । सही तथ्यांक नआएसम्म प्रतिबद्धताअनुसारको अन्तर्राष्ट्रिय अनुदानमा आनाकानी भएपछि दाताकै आर्थिक सहयोगमा उक्त काम भएको हो ।

    इन्जिनियरले सामाजिक परिचालकको सहयोग लिएर ट्याब्लेटमार्फत इन्टरनेटबाट तत्काल केन्द्रीय तथ्यांक विभागमा लगत पठाउने छन् । उनीहरूले तस्बिर, कागजातका साथै घरमूलीसँग गरिएको अन्तर्वार्तालाई कम्प्युटरकृत गर्छन् ।

    जसमा आवासीय घरको क्षति विवरण संकलन हुन्छ । भूकम्प प्रभावित परिवारको सामाजिक, आर्थिक तथा जनसांख्यिक विवरण पनि संकलन हुन्छ । संकलित विवरणलाई विद्युतीय तथ्यांकीय आधार तयार पारेपछि अनलाइनमार्फत कार्यक्षेत्रबाटै आयोग सचिवालय केन्द्रीय तथ्यांक विभागमा पठाउने काम हुने केन्द्रीय तथ्यांक विभागअन्तर्गत लगत संकलन टोली प्रमुख दीनानाथ लम्सालले जानकारी दिए ।

    यसमा नेपाल सरकारलाई स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च (हर्ड) ले सहकार्य गरिरहेको छ ।

    दोलखामा करिब ६० हजार घरधुरी भएको अनुमान भए पनि जथाभावी परिचयपत्र वितरण गर्दा ८५ हजार प्रभावित घर पुगेको छ । इन्जिनियर टोलीले लालपुर्जा र भूकम्प प्रभावित परिचयपत्रसमेत विवरण संकलन गर्दा फर्जी पीडित निरुत्साहित हुने अनुमान गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले वास्तविक पीडित पहिचानका लागि अभियान सार्थक रहने बताए । स्थानीय विकास अधिकारी सीता परियारले अभियानलाई राजनीतिक दल, सामाजिक अगुवा र जनताले सहयोग गर्नुपर्ने बताएकी छन् ।

    लामाबगर र गौरीशंकर गाविसमा भने अत्यधिक चिसोका कारण तत्काल लगत संकलन रोकिएको छ । हाल २ नगर ४८ गाविसमा खटिएको टोलीले करिब ४ सय परिवारको लगत लिनेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.