×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

मोर्चाको माग सम्बोधन गर्न आज त्रिपक्षीय बैठक

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: सत्तारूढ एमाओवादी र प्रमुख विपक्षी दल कांग्रेस संसद्मा पेस भएको संविधान संशोधन विधेयकमा सहमति जुटाउन शनिबार त्रिपक्षीय बैठक बोलाउन सहमत भएका छन्।
    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच शुक्रबार भएको भेटमा दुई दल त्रिपक्षीय बैठक बोलाउन सहमत भएका हुन्।आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्र्चाका माग सम्बोधन गर्न संविधान संशोधन गर्न लागिए पनि उनीहरूले संशोधन स्वीकार नगरेका कारण संसद्मा पेस भएको संशोधन प्रस्तावमाथिको छलफल लम्ब्याइएको छ।
    शुक्रबारसम्ममा मोर्चाका मागमा खासै उपलब्धि नभए पनि शनिबार बस्ने त्रिपक्षीय बैठक निर्णायक बनाउनुपर्नेमा दाहाल र पौडेलबीच सहमति भएको स्रोतले दाबी गरेको छ।मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताले सामना गर्नुपरेको संकटबारे पनि नेताहरूबीच समीक्षा भएको थियो।
    एमाओवादी अध्यक्ष दाहालले कांग्रेस उपसभापतिसँग वर्तमान सरकारबाट राष्ट्र र जनताका पक्षमा निर्णायक काम गर्न नसकेको भन्दै यस्तो परिस्थितिमा आफ्नो पार्टीका मन्त्रीले कुनै पनि समयमा सत्ता छाड्न सक्ने जानकारी दिएको स्रोतले बताएको छ।यस विषयमा कांग्रेस उपसभापति पौडेलसँग जिज्ञासा राख्दा उनले भने, ‘दाहालले शनिबार बस्ने त्रिपक्षीय बैठकमा संविधान संशोधनमा मधेसी मोर्चालाई सहमतिमा ल्याउने बारेमा मात्र कुरा गरेका छन्।’
    आइतबार संसद्मा संविधान संशोधन विधेयकको सैद्धान्तिक छलफल पारित गर्नका लागि पनि मधेसी मोर्चासँगको सहमति अपरिहार्य हुने उनले बताए। पौडेलले भने, ‘संविधान संशोधनमा मोर्चाको पनि सहमति लिनु अपरिहार्य हुन्छ। मोर्चाको सहमतिबिना विधेयक अगाडि बढाउँदा संविधान जारी गरेकै अवस्थामा प्रमुख तीन दल पुग्नेछन्।’
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाका ११ बुँदे मागलाई संशोधनमा राख्न प्रमुख तीन दल एक भएमा सहमति हुन सक्ने बताए।
    सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले शनिबारको त्रिपक्षीय बैठकबारे मोर्चालाई कुनै जानकारी नभएको बताए।
    उनले एक प्रश्नको उतरमा मोर्चाका ११ बुँदे मागमा अहिलेसम्म प्रमुख तीन दलबीच सहमति भएको जानकारी आफूलाई नभएको बताए।उनले भने, ‘हाम्रो मागमा सहमति नभएसम्म प्रमुख दलसँग उधारो सहमति हुन सक्दैन।’
    एमाओवादीका अध्यक्ष दाहाल सरकारको विकल्पमा दलसँग अनौपचारिक वार्तामा व्यस्त रहेको दाबी स्रोतले गरेको छ। दाहालले बिहीबार तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग नयाँ बानेश्वरमा भेट गरी आफ्नो पार्टी मधेसले उठाएका आवाजको सम्मानमा कुनै पनि समयमा सत्ता बाहिरिन सक्ने संकेत दिएका थिए।
    दाहालले पार्टीको ३ नम्बर प्रदेशको दुईदिने बैठकमा प्रदेश मातहतमा रहेका नेतालाई पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्बोधन गर्दै सरकारबाट फिर्ता हुने अवस्थाका लागि मानसिक रूपमा तयार हुन आग्रह गरेका थिए।
    गठबन्धनको साताव्यापी विरोध
    काठमाडौं: संघीय समाजवादी मधेसी गठबन्धनले पुस १९ देखि २४ गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
    गठबन्धनको शुक्रबार बसेको बैठकले हठपूर्वक संविधान जारी गर्ने दलहरू र सरकार विगत पाँच महिनादेखि जारी आन्दोलनको सम्मानजनक निकास दिन असमर्थ रहेको आरोप लाएको छ।
    संसद्मा विचाराधीन संविधान संशोधन विधेयक पारित भएमा मधेस आन्दोलनको माग पूरा हुने भ्रमपूर्ण प्रचारमा राज्यकोष दुरुपयोग भइरहेको निष्कर्ष बैठकले निकालेको छ। संविधान संशोधनबाट मधेसको जनसंख्याको अनुपातमा संसद्को दुवै सदनमा मधेसको प्रतिनिधित्व हुनै नसक्ने दाबी गठबन्धनको छ।
    गठबन्धनका तर्फबाट राष्ट्रिय मधेस सद्भावना पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादव र तराईमधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले जारी गरेको वक्तव्यअनुसार पुस १९ गते मधेसका सबै वर्ग र क्षेत्रलाई संविधान संशोधनबारे अपिल गर्ने, २० गते अन्तरक्रिया गर्ने, २२ गते सदरमुकाम र क्षेत्रहरूमा कोणसभाहरू गर्ने, २४ गते मसाल जुलुस प्रदर्शन गर्ने रहेको छ।
    महतो मेदान्त अस्पतालमा 
    काठमाडौं: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई शुक्रबार भारतको दिल्लीस्थिति मेदान्त अस्पतालमा भर्ना गरिएको छ।
    पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार महतोको टाउकोमा गम्भीर चोट लागेकाले आवश्यक उपचारका लागि त्यसतर्फ लगएिको हो। केही दिनअघि जोगबनी नाकामा झडप हुँदा घाइते भएका महतोका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.