×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पपीडितलाई यस्तो घर !

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पिताम्बर सिग्देल

    काठमाडौं: नेपालमा वैशाख १२ र २९ गतेको भूकम्पमा घरमा पुरिएर नौ हजार सर्वसाधारणको मृत्यु भएको खबर पढेपछि जापानी इन्जिनियर सिगेरु बान धेरै दिन राम्ररी निदाउन सकेनन्।
    ठूला प्रकोपपछि पीडितका लागि आकर्षक र नौलो घरको डिजाइनमा ख्याति कमाएका बानले यी सबै खबर पाएपछि तत्कालै नेपालबारे छलफल थाले। ढुंगा र इँटाले बनेका पुराना शैलीका घरमा बस्न डराइरहेका सर्वसाधारणका लागि नौलो घरको डिजाइन गर्नु उनको उद्देश्य थियो।
    बानले जापानमा भएका नेपाली इन्जिनियर र नेपालप्रेमीको भेला बोलाएर भूकम्पले ठूलो क्षति गर्नुको कारण खोज्न नेपाल भ्रमण गरे। नेपालमा इन्जिनियर, विद्यार्थी तथा पीडितसँगको छलफलपछि भूकम्प प्रतिरोधी आकर्षक र सस्तो घरको डिजाइन नेपालका लागि उपहार दिए।
    सन् २०१० मा फिलिपिन्समा आँधी आएपछि घरबारविहीन भएकालाई तत्कालका लागि कागजको अस्थायी आवास बनाएका बानले नेपालमा त्यस्तै सुुरक्षित, सस्तो र आकर्षक घरको डिजाइन कोरे।भूकम्पले भत्काएका घरको ढुंगा, इँटा र काठ प्रयोग गरेर बानले बनाएको त्यही घरको डिजाइनको अहिले विश्वव्यापी चर्चा छ।
    लडेका घरको इँटा र काठ प्रयोग गरेर तयार भएको बानको डिजाइन अहिले तारागाउँ स्थित ह्यात होटेल परिसरमा प्रदर्शनका लागि राखिएको छ। उनको नेपाल डिजाइनमा भूकम्पले भत्काएका घरका इँटा, ढुंगा र काठकै प्रयोग हुनेछ।
    ढुंगा वा इँटासँग प्लाई जोडेर बलियो काठको ढोका हाल्ने यसका विशेषता हुन्। छानामा भने स्थानीय रूपमा उपलब्ध सामग्री वा इन्सुसेलन गरी प्लास्टिक प्रयोग गरिनेछ। यस्ता घर भूकम्प प्रतिरोधी र सुरक्षित हुने बानको निष्कर्ष छ।
    लडेका घरको इँटा र काठ प्रयोग गरेर तयार भएको बानको डिजाइन अहिले तारागाउँ स्थित ह्यात होटेल परिसरमा प्रदर्शनका लागि राखिएको छ।
    घरको सिलिङमा पनि पुराना काठ वा कतिपय अवस्थामा कागजसमेत प्रयोग गर्ने उनको ब्लगमा उल्लेख छ । स्टिल वा फलाम प्रयोग हुने ठाउँमा कपडा वा अन्य सामग्रीभित्र आउने कागजको पाइपसमेत प्रयोग गर्न सकिने योजना छ।
    उनको डिजाइनमा घर बनाउदा इँटासँग प्लाई र काठलाई च्यापिनेछ। बानले नेपालमा आइपरेकोे विपत्तिमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्न पुुरानै सामग्रीबाट नयाँ भूकम्प प्रतिरोधी घर बनाउने डिजाइन र निर्णय अघि सारेको बताएका छन्।
    उनले आफ्नो ब्लगमा लेखेका छन्, ‘मलाई धेरै नेपाली र विश्व समुदायले आग्रह गर्‍यो। हामीले तत्काल सहयोग रकम संकलन गरेर नेपालमा त्यस्तो घर बनाउने निर्णय गरेका हौं।’
    बानका अनुसार यस्ता घर जापानमा बनाइने भूकम्प प्रतिरोधी घरको मापदण्डअनुसारका हुनेछन्। उनले नमुना घर बनाएपछि अन्य संघसंस्थाले आफ्नो घरको डिजाइनअनुसारका घर निर्माण गर्न सक्ने बताए । ‘चाहनेले त्यस्तै घर बनाउन सक्छन्। घरमा कपिराइट छैन,’ बानले भनेका छन्।
    घर निर्माणको योजनामा सघाइरहेका तारागाउँ म्युजियमका निर्देशक रोशन मि श्रले पहिलो चरणमा ३० वटा घर बनाइने जानकारी दिए । घर बनाउने स्थान भने टुंगो लागिसकेको छैन।
    जापानी इन्जिनियर तथा बानको टोलीले भने सिन्धुपाल्चोकको फटकशिला उपयुक्त हुन सक्ने निष्कर्ष निकालेको छ। ‘हामी छलफलकै चरणमा छौं। ठाउँ चयन गरी पहिलो चरणमा ३० घर बनाउँछौं’, मि श्रले अन्नपूर्णसँग भने।
    बानले ठूला प्रकोपपछि पीडितका लागि आकर्षक र सुरक्षित घर बनाएका छन्। हाइटी, भारत तथा फिलिपिन्समा उनको डिजाइनअनुसारका घर बनेका छन्। ठूला प्रकोपपछि आपत्मा परेका समुदायका लागि उनले ल्याउने घरको डिजाइन विश्वभर चर्चा हुने गरेको छ।
    यस्ता घर बनाउँदा भत्किएका घरका सामग्री प्रयोग गर्ने र नपुगेको अवस्थामा सामग्री खरिद गर्ने योजना मि श्रले सुनाए। पुलिट्जर पुरस्कार बिजेता बानले लगेका घरको इँटा र काठ प्रयोग गरेर घर बनाउने योजना र डिजाइनले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।
    बानको डिजाइनअनुसारको घर आईसीटीसी, सराफ फाउन्डेसन र तारा गाउँ म्युजियमको संयुक्त पहलमा अर्को महिनादेखि बनाउने योजना छ। यी संस्थाले सम्भावित स्थल र घर निर्माणका लागि चाहिने सामग्रीबारे अध्ययन गरिरहेका छन्।
    घर निर्माणका लागि बानले संसारभरका नेपालप्रेमीबाट केही रकमसमेत संकलन गरेका छन् भने अभियानमा संलग्न संस्थाले पनि योगदान गरिरहेका छन्। बानले सन् २०१४ मा घर डिजाइनसम्बन्धी विश्वप्रसिद्ध प्रित्ज्कर पुरस्कार प्राप्त गरेका थिए।
    उनले सन् १९९४ मा रुवान्डाका शरणार्थी, २००४ मा सुनामीपीडित श्रीलंकन तथा भूकम्प र सुनामीपीडित जापानीका लागि पनि घरको डिजाइन गरिसकेका छन्। उनको घर डिजाइनसम्बन्धी परामर्श र डिजाइन कम्पनी संसारका मुख्य सहरमा छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.