×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मदिरा सेवनपछि शीतांगले मर्नेहरू बढ्दो

  •  
  • शनिबार, पुष १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १८, २०७२- चिसोयाममा मदिरा सेवनपछि खुला स्थानमा ढलेर मृत्यु हुने बढेका छन् । चिकित्सकका अनुसार त्यसरी ढलेका व्यक्तिमा हाइपोथर्मिया (शीतांग) हुने गरेको छ ।

    राजधानीमा एक सातामा चारवटा त्यस्ता घटना पाइएका छन् । खासगरी मंसिरदेखि माघसम्म पाइने शीतांगका घटना भूकम्प प्रभावित र मुलुकका अन्य भागमा समेत पाइएका छन् ।

    काठमाडौं महाराजगन्जस्थित चिकित्सा क्याम्पसका फरेन्सिक चिकित्सा विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार रक्सी सेवनपछि शीतांग भएको शंका गर्न सकिने शव जाडोयाममा बढी आउने गरेका छन् ।

    पोस्टमार्टमका क्रममा मृतकमा कलेजोको गम्भीर संक्रमण, जन्डिसलगायत मदिरा उपयोगका कारण हुने रोगसँग अप्रत्यक्ष सम्बन्ध पाइने गरेको उनले बताए ।

    विशेषज्ञहरूका अनुसार जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् । र, मद्यपानपछि तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रम मात्र हो । त्यसबाट शरीर तातो नभई चिसो हुने हुनाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

    महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी पनि जाडोबाट बच्ने उद्देश्यले रक्सी सेवन गर्नेहरूमा शीतांगको जोखिम औंल्याउँछन् । अत्यधिक मदिरा सेवनपछि बाटोमै ढलेकाहरू शीतांगका कारण मृत्युको मुखमा पुग्ने घटना काठमाडौंमा बर्सेनि ३० भन्दा बढी रहेको उनले जानकारी दिए ।

    मदिराबाट शरीर तातो हुने मान्यता अधिकांश सेवनकर्ताको हुने गर्छ । विज्ञहरू भने मदिराले जीउ तातो नभई चिसो बनाउने बताउँछन् ।

    के हो शीतांग ?
    जाडोयाममा शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया (शीतांग) भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।

    चिसो लाग्दा मुटुको चाल बढ्छ । विभिन्न अंगका मांसपेशीले आफूलाई न्यानो राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो बेला रगत प्रवाह पनि कम हुन्छ । खुट्टा र हत्केलामा चिसो अनुभूति हुन्छ । मद्यपानका कारण हात र खुट्टाका रक्तनली फैलिन थाल्छन् । र, रक्सी सेवन गरेकाहरूलाई हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ ।

    विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो र थाकेको अनुभव हुन्छ । दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् ।

    प्रभावित व्यक्ति पहेंलो हुँदै जान्छ, ओठ र कान नीलो देखिन थाल्छन् । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगले काम गर्न छाडछन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.