१७ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कुलेश्वरस्थित धनलक्ष्मी दाल मिलमा शुक्रबार छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । दाल तथा गुडागुडी स्टक राखेर महंगोमा विक्री गरेको सूचनाको आधारमा परिसरले छापा मारेको हो ।
गोदामबाट लुकाइराखेको अवस्थामा ४६ हजार ८ सय किलो दाल तथा गुडागुडी बरामद भएको काठमाडौं परिसरका एसपी विश्वराज पोखे्रलले जानकारी दिए । कम्पनिका संचालक तेजकरण जैन फरार छन् । लेखापाल सशिकान्त अधिकारी र कर्मचारी रञ्जित प्रसाद भने पक्राउ परेका छन् ।
एक सय ९५ रुपैयाँमा खरिद गरेको दाल तथा गेडागुडी २८० रुपैंयामा विक्री गरेको भेटिएको एसपी पोखे्रलले जानकारी दिए । पक्राउ परेका दुई जना सहित फरार तेजकरणलाई पनि कालोबजारी अन्र्तगत मुद्दा चलाउने एसपी पोखे्रलले बताए ।
onlinekhabar





















