×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

आफैं छान्नुस्, हावाको बिजुली बाल्ने की घामको ?

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवीकरणीय उर्जा प्रदर्शनी यस्तो छ

    Wayu urja

    रविन्द्र घिमिरे

    १७ पुस, काठमाडौं । दैनिक ११ घण्टाको लोडसेडिङ छ । चाहिएका बेलामा बिजुली नभएर हैरान हुनुहुन्छ हैन ? तपाईं यो समस्याबाट छुटकार चाहानुहुन्छ भने शुक्रबारदेखि राजधानीमा सुरु भएको नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनीले सहयोग गर्न सक्छ ।

    प्रदर्शनीमा तपाईलाई लोडसेडिङबाट मुक्ति दिलाउन सक्ने धेरै प्रविधिहरु राखिएका छन् ।

    सोलारप्रतिको आकर्षण

    प्रदर्शनीमा सबैभन्दा बढी आकर्षण सोलारमा देखिएको छ । सबैभन्दा बढी सोलारकै स्टल रहेपनि प्रदर्शनीमा भीड पनि सोलरकै स्टमा देखियो । प्रदर्शनी सुरु भएकै दिन लागेको भीडले सोलार प्रविधिका विक्रेकताहरु निकै उत्साही देखिए ।

    solar

    प्रदर्शनीमा १ हजारदेखि लाखौं मूल्य पर्ने सोलार सिस्टमहरु राखिएका छन् । सहरी क्षेत्रमा १ सय वाटसम्मको सोलर सिस्टम खरिद गर्नुभएमा तपाईंलाई कुनै अनुदानको व्यवस्था छैन । तर, त्यो भन्दा माथि सोलार खरिद गर्नुभयो भने तपाईंलाई सरकारी तवरबाटै अनुदानकै व्यवस्था पनि छ ।

    तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५० वाटको सोलार राख्नुस्, घरको अँध्यारो हट्छ ।

    लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्ने हो सय वाटको सोलार बिजुली राख्नु उपयुक्त हुन्छ । र, यसमा कुनै सरकारी अनुदानको व्यवस्था भने छैन । एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको छ ।

    ५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै धितोका रुपमा रहने व्यवस्था छ ।

    बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज सरकार आफैंले तिर्नेछ । सो ऋण ५ वर्षसम्म किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएमबी बैंकसँग लिन सकिनेछ ।

    Solar

    यदि घरमा १५ वटासम्म बल्ब बाल्ने, लाइन नहुँदा एक घण्टासम्म टीभी हर्ने तथा राइस कुकरमा खाना बनाएर खाने तपाईंको सोच छ भने बैंकको किस्ताबन्दी स्वरुप पाँच वर्षसम्म मासिक २५ सय खर्च गर्ने तत्परता आवश्यक हुन्छ ।त्यस्तै १० वाटदेखि ५ सय वाटसम्मका सोलारको जडान खर्चबाट पाउन सकिने सुविधाहरु फरक-फरक छन् ।

    पाँचसय वाट भन्दा माथिको सोलार राख्ने शहरी बासिन्दालाई सरकारले १५ हजार रुपैयाँ जडान खर्च पनि अनुदानमा उपलब्ध हुनेछ । सौर्य प्रणालीमा राखिने ब्याट्रीको गुणस्तरका आधारमा पनि केही खर्च थपघट हुने केन्ऽले जनाएको छ ।

    यो सुविधा विद्युतीकरण भएका शहरी क्षेत्रका बासिन्दाका लागि मात्र हो । ग्रमीण क्षेत्रका लागि झ ठूलो रकम अनुदानको व्यवस्था छ । प्रदर्शनीमा यस्ता सुविधाहरु दिन थुप्रेै सोलार कम्पनीहरु उपस्थित छन् ।

    बायु उर्जाबारे चासो

    पछिल्लो समय बायु उर्जाबारे निकै बहस भइरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर भएपनि एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने बताएपछि यस विषयमा निकै चर्चा चुलिएको छ ।

    यही सन्दर्भमा नवीकरणीय उर्जा प्रदर्शनीमा हावाबाट बिजुली निकाल्ने प्रविधि पनि राखिएको छ । धेरैले त्यसलाई चासोका साथ हेरिरहेको छन् । वायु उर्जा काठमाडौंका असपासका क्षेत्रमा सम्भव छ ।

    धेरै हावा चल्ने डाँडामा यो प्रविधि जडान गर्न सकिन्छ । नेपाल टेलिकमसहित मोबाइल सेवा प्रदायकहरुले विद्युतीकरण नभएका ठाउँमा बीटीएस टावर राख्दा बायु उर्जा प्रविधिको प्रयोग गरेका छन् । काठमाडौंको रामकोट लगायतका क्षेत्रमा पनि सर्वसाधरणले यसको प्रयोग गरेको बायु उर्जा प्रविधिका विक्रेताहरु बताउँछन् ।

    ५ सय वाटको बायु उर्जा प्रविधि जोड्न साढे २ लाखदेखि ३ लाख रुपैयाँ खर्च हुन्छ । त्यसबाट घरमा १५/२० वटा बत्ति बाल्न, ल्यापटप र मोबाइल चार्ज गर्न र टिभी र राइसकुकर चलाउन पर्याप्त हुन्छ । जति ठूलो क्षमताको वायु उर्जा जोडियो त्यसबाट उति बढी विद्युत खपत गर्न पाइन्छ ।

    बायोग्यास र आधुनिक चुल्होको चर्चा

    काठमाडौंमा सरकारले नै दाउरा बेच्न थालेको छ । ग्यास र मटितेल पाईंदैन । यस्तो अवस्थमा प्रदर्शनीमा आधुनिक र सुधारिएको चुल्हो किन्न पनि सर्वसाधरण ओइरिएका छन् ।

    विभिन्न मूल्यका अनेका प्रकारका चुल्हो प्रदर्शनीमा छन् । दाउरे युगमा फर्किएको काठमाडौंमा चुल्हो किन्नेको घुइँचो अच्चम लाग्दो छ ।

    तर, कम दाउरा खपत हुने, धुवाँ कम आउने, बि्रगेड बाल्न पनि मिल्ने, सस्तो र बलियो चुल्हो किन्न चाहानेका लागि प्रदर्शनी उपयोगी बनेको छ । प्रदर्शनीमा वायोग्यास, सुधारिएको घट्ट र लघुजलविद्युतका प्रर्वदनात्मक स्टलहरु पनि छन् । तर, यी शहरी क्षेका लागि खासै उपयोगी नहुने भएकाले खासै यसमा उपभोक्ताको आर्कषण देखिएको छैन ।

    चार्जेबल बत्तीको सनसनी

    Batti

    लोडसेडिङ बढेपछि चार्जेबल बत्तिको खोजी नहुने कुरै भएन । नवीकरणीय उर्जाको प्रदर्शनी भएपनि केही स्टलमा चार्जेबल बत्तिहरु पनि बिक्रीमा राखिएका छन् । विभिन्न ब्राण्ड, मुल्य र प्रकृतिका ती बत्ति कन्नि पनि उपभोक्ता झुम्मिएका छन् ।

    सबैलाई लोडसेडिङले दिने अध्यारो हटाउने चिन्ता देखिन्छ । नवीकरणीय उर्जामार्फत लोडसेडिङको तनाव कम गर्न पुगेका उपभोक्ताले इन्डक्सन चुल्हो, विद्युतीय खाना पकाउने भाडोसम्म किन्न पाएका छन् ।

    नवीकरणीय उर्जा प्रदर्शनी जेनेरेटरको भरमा

    भृकुटी मण्डपमा ३ दिन सम्म चल्ने नवीकरणीय उर्जाको प्रदर्शनीले कति उपभोक्तालाई राहत देला भन्ने एउटा पाटो हो । तर, नवीकरणीय उर्जाबारे जानकारी दिन र त्यसका प्रबिधिको प्रर्वन गर्न चलिरहेको प्रदर्शनी भने अनवीकरणीय उर्जाको भरमा छ ।

    लोडसेडिङको समय भएपछि शुक्रबार दिउँसोभर प्रदर्शनी स्थललाई झिलिमिली बनाउन जेनेरेटर चलाइएको थियो । नवीकरणीय उर्जा प्रर्वद्धनका लागि लागि आयोजित मेला स्थलमा जेनेरटर प्रयोग गर्नुपर्ने आयोजककाके बाध्यता नै हो ।

    तर, नवीकरणीय उर्जाको प्रदर्शनीमा चलेको चर्को स्वरको जेनेरेटरको आवाजले मेलास्थललाई गुञ्जिरहँदा सरकारको काम गर्ने शैलीलाई गिज्याइरेको महसुश हुन्थ्यो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.