×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘सर्वहारा’ माओवादी नेताले कहाँबाट कमाए सम्पत्ति ?

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सम्पत्ति पार्टीलाई बुझाएको नाटक मात्रै !

    १७ पुस, काठमाडौं । माओवादीका केन्द्रीय नेताहरुले आफ्नो सम्पूर्ण पैत्रिक सम्पति र जायजेथा पार्टीलाई बुझाएर सर्वहारा बनेको धेरै वर्ष बितिसकेको छ । ती नेताहरुले व्यक्तिगत र निजी सम्पत्ति त्यागेको बताउँदै आएका छन् ।

    तर, उनीहरुको यस्तो कार्य एउटा नाटकमात्रै रहेछ भन्ने अहिले केही मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले स्पष्ट पारेको छ ।

    Top Bdr Raymajhi

    उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी एमाओवादीका सचिव हुन् । उनले जनयुद्धकालमा आफ्नो सम्पत्ति पार्टीकरण गरेका थिए ।

    टोपबहादुरले जनयुद्धकालमा पार्टीलाई बुझाएको सम्पत्ति विवरणमा १० लाख मूल्य बराबरको घर घडेरीबाहेक अन्य जग्गा नभएको उल्लेख गरेका थिए । तर, मन्त्री भएपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा भने उनले ७३ रोपनीभन्दा बढी जग्गा देखाएका छन् ।

    त्यस्तै पार्टीलाई सम्पत्ति बुझाउँदा रायमाझीले नगद छैन भनेका थिए । लजिस्टिक सामान र सुनचाँदी पनि छैन भनेका थिए । अहिले चाहिँ उनीसँग ५९ लाख नगद छ । थप ३३ लाख अरुलाई ऋणमा लगाएका छन् । उनीसँग ८ तोला सुन र १२५ तोला चाँदी छ । हिजो पार्टीमा बुझाउने बेलामा सुनचाँदी छैन भनेका रायमाझीले अहिले भएको गरगहना पुख्र्यौली भएको र केही बुहारीको रहेको बताएका छन् ।

    रायमाझीका दुई भाइ छोराहरु ४/४ लाख रुपैयाँका मोटरसाइकल चढ्छन् । पार्टीमा सम्पत्ति बुझाउने बेलामा छैन भनिए पनि अहिले यतिधेरै सम्पत्तिको मालिक बनेका छन् रायमाझी ।

    Agni Sapkota

    एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका वनमन्त्री अग्नि सापकोटाको पनि सम्पत्ति विवरण रोचक छ । जनयुद्ध कालमा सापकोटाले पार्टीमा सम्पत्ति विवरण बुझाउने क्रममा भरेको फारममा यस्तो लेखिएको थियो- ‘०५८ सालदेखि घरजग्गा सबै पार्टीकरण र स्थानीय पार्टीले नै भोगचलन गर्दै आएको ।’

    तर, ०५८ सालमै घरजग्गा सबै पार्टीकरण गरिसकेको बताउने सापकोटाले मन्त्री भएपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा १८ कित्ताभन्दा बढी जग्गाजमीन देखाएका छन् । र, प्रायः सबै जग्गाजमीन पत्नीका नाममा रहेको विवरणमा देखाइएको छ । पार्टीलाई सम्पत्ति बुझाइसकेका सापकोटाले आफ्नो घर भूकम्पले भत्काएको र भूकम्पपीडित बनेको बताउने गरेका छन् ।

    अर्को रोचक पक्ष के भने मन्त्री सापकोटाले विगतमा पार्टीलाई भरेको फारममा सुनचाँदी गरगहना ‘छैन’ भन्ने उल्लेख गरेका थिए । यसपालि मन्त्री भएर भरेको फारममा चाँहि उनले सुन २ तोला देखाएका छन् र त्यो ०३३ सालमा श्रीमतीले दाइजो पाएको उल्लेख गरेका छन् । ०३३ सालमै पत्नीले दाइजो पाएको सुन ०५८ सालमा सापकोटाले आफ्नै पार्टीलाई नदेखाई ‘छैन’ भनेर ढाँटेको खुलासा भएको छ ।

    विगतमा सापकोटाले नगद छैन भन्ने उल्लेख गरेका थिए । अहिले मन्त्री बन्ने बेलामा उनको खातामा १ लाख रुपैयाँ छ, जुन सभासद हुँदाको तलब हो । सापकोटाले उपप्रधानमन्त्री टोपबहादुरले जसरी अकूत सम्पत्ति आर्जन गरेको देखिँदैन ।

    Shakti Basnet

    एमाओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतको सम्पति विवरण पनि उस्तै रोचक छ । जनयुद्धकालमा पार्टीलाई सम्पत्ति बुझाउने बेलामा बस्नेतले आफूसँग पाँच हजार रुपैयाँको सुनचाँदी रहेको विवरण उल्लेख गरेका थिए ।

    मन्त्री भएपछि भरेको सम्पति विवरण फारममा बस्नेतले आफूसँग १ सय केजी (एक क्विन्टल) चाँदी रहेको उल्लेख गरेका छन्, जसको मूल्य ५८ लाखभन्दा बढी हुन्छ । त्यस्तै सुन ५ तोला रहेको मन्त्री बस्नेतले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    पति, पत्नी र सन्तानको समेत गरी मन्त्री बस्नेतसँग १२ लाख भन्दा बढी मौज्दात छ ।

    मन्त्री बस्नेतले जनयुद्धकालमा जग्गा छैन भने ढाँटेका थिएनन् । तर, अहिले कमाएको १२ लाख रकमचाँहि उनले तलबबाट भनेर उल्लेख गरेका छन् । मन्त्री बस्नेतकी पत्नी पनि विगतमा सांसद र मन्त्री थिइन् । तर उनले कतिपय पत्रिकामा दिएको अन्तरवार्तामा पैसाको अभावले छोराछोरीले मम खान नपाएको बताउने गरेकी थिइन् ।

    Haribol Gajurel

    एमाओवादीका कोषाध्यक्षसमेत रहेका कृषिमन्त्री हरिबोल गजुरेलको सम्पत्ति विवरणमा भने विगत र अहिले खासै बेमेल देखिएको छैन । गजुरेलले पार्टीलाई विवरण बुझाउँदा भरेको फारममा आफूसित ५ तोला सुन रहेको उल्लेख गरेका थिए । अहिले पनि उनले ५ तोलाकै विवरण दिएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.