×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

मोदीको मन्त्र ‘टिकाउ समाधान’

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विद्यमान राजनीतिक संकटको समाधान ‘टिकाउ सहमति’बाट गर्न सुझाव दिएका छन्।
    प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भएको टेलिफोन वार्तामा मोदीले यस्तो सुझाव दिएका हुन्। तर यसबारे स्पष्ट व्याख्या नहुँदा मधेसकेन्द्रित नेतासँग जारी वार्ता र त्यसको उपलब्धि टिकाउ समाधान हो वा होइन भन्ने कुरामा भारतले कुनै धारणा दिएको छैन।
    नव वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तालाई भने सकारात्मक रूपमा लिनुपर्ने विश्लेषण राजनीतिक वृत्तमा छ। ओली प्रधानमन्त्री पदमा निर्वाचित भएको दिन गत आसोज २४ गतेदेखि मोदीसँग पटकपटक टेलिफोन वार्ता जारी छ।
    मोदीले नववर्षको औपचारिकतादेखि पूर्वयोजनाबिना रुसबाट सीधै पाकिस्तानका प्रधानमन्त्री नबाज सरिफको टेलिफोन निम्तोमा लाहोर पुगेको एक साता नबित्दै मनमुटाव रहेको छिमेकी नेपालका प्रधानमन्त्री ओलीलाई टेलिफोनसम्म गर्न भ्याए। भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दिगो समाधानका लागि सहमति खोज। टिकाउ सहमति नै नेपालको राजनीतिक समस्याको उपयुक्त समाधान हुनेछ।’
    फोनमा मोदीले बृहत् सहमतिका आधारमा नेपालको राजनीतिक समस्याको दिगो समाधान पहिल्याउन जोड दिएका थिए । ओलीले नेपालमा भइरहेको राजनीतिक विकासक्रमका बारेमा ब्रिफिङ गरेका थिए। ओली र मोदीबीच बिहान साढे दस बजेदेखि २० मिनेटसम्म टेलिफोन संवाद भएको थियो । वार्तामा दुवै प्रधानमन्त्रीले अंग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान गरे।
    प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गरेर नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद ज्ञापन गरेको उनको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउनेबारे समेत दुई प्रधानमन्त्रीबीच कुरा भएको थियो । ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको पनि बताएका थिए।
    प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा मोदीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे । जबाफमा मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए।
    मोदीले रक्सौल-वीरगन्जबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलले नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको दाबी पनि गरेका थिए।
    मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधि आपूर्ति गर्न भनेको स्मरण गराएका थिए। ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा समेत कुरा भएको थियो।
    मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई ओलीले स्वीकार गरेका थिए। ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।
    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले फेब्रुअरी अन्तिम सातादेखि मार्च पहिलो सातासम्ममा भारत र त्यसलगत्तै चीनको भ्रमण गर्ने भएका छन्। भारत भ्रमणअघि आफ्नो एक सयदिने कठिन कार्यकालको समीक्षा गर्दै नेपाल-भारत सम्बन्धमा आगामी दिनमा यस्तो अवस्था उत्पन्न हुन नदिन विशेष रणनीतिका साथ उनले भारतको भ्रमण गर्ने स्रोतले बतायो।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.