×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बञ्चरो बोकेका देवराम यादवका पिताको यो आक्रोश !

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मधेस आन्दोलनबारे सप्तरीका जेष्ठ नागरिक

      एस.के. शान

    १७ पुस, सप्तरी । ‘कति दिन आन्दोलन गर्छस्, अझ कति दिन बन्द रहने हो ?’ सप्तरीको बरहीबीरपुर पुगेका मधेसी मोर्चाका नेताहरुसँग त्यहाँ जम्मा भएका वृद्वहरुले प्रश्न गरे ।

    ‘आन्दोलनले त हामीलाई नै बर्बाद पारिरहेको छ नि ! छाक टार्न समेत समस्या भएको अवस्था छ, चाँडै टंग्याउनुपर्‍यो’ ती वृद्वहरुले सुझावसमेत दिए नेतालाई ।

    Baltu-ray

    नेताहरुको जवाफ थियो, “सम्बोधन त सरकारले गर्ने हो, सरकारले नै नचाहेर आन्दोलन लम्बिँदै गएको छ ।”
    वयोवृद्व जनता र युवा नेताहरुबीचको यो छलफलमा उपस्थित थिए बरहीबीरपुर गाविस-७ का देवराम यादव । बञ्चरो लिएर बारीमा बास काट्न गइरहेका उनी त्यहाँ केहीबेर उभिएर दुबै पक्षको कुरा सुनिरहेका थिए । शुरुमा बन्दले गर्दा भइरहेको समस्या सुनाएका उनले दुबै पक्षको कुरा सुनेर एकदमै आक्रोश पोखे ।

    ‘माग पूरा नगरेसम्म आन्दोलन त टुंगिनै हुँदैन’ बीचमै चर्काे आवाजमा करिब ६० बषिर्या उनले भने, “के मेरो छोराले यसैका लागि बलिदानी दिएको हो ? यदि माग पूरा नगरी आन्दोलन फिर्ता हुन्छ भने म एक्लै भए पनि सडकमा आउँछु र पहिला नाकाबन्दी फिर्ता लिनेविरुद्व नै मेरो संघर्ष हुन्छ ।”

    त्यहीँ बीचमा उपस्थित थिए सीताराम यादव । जमुनी मधेपुरा गाविस ९ घर भएका ५५ बर्षीय उनले भने, “कुनै मागै पूरा नभएर आन्दोलन समाप्त भयो भने मेरो नातिको बलिदानी खेर जान्छ । यसर्थ अझै केही दिन आन्दोलन चलोस् मतलव छैन्, तर माग पूरा हुनुपर्दछ ।”

    उनीहरुको कुरा सुन्दै छेउमा बसिरहेका थिए बरहीबीरपुर ७ का बलटु राय । आफ्नो उमेर सय बर्ष बताउने उनी बहस सुनेर छेउकै एकजनाको दलानमा बसिरहेका थिए । ‘यो कुराहरु सुनेर तपाईंलाई के अनुभव भइरहेको छ ?’ अनलाइनखबरको जिज्ञासामा रायले भने, “आफ्नो जीवनमा सधैं आन्दोलन नै हेर्दै आएको छु । तर, यत्रो लामो आन्दोलन गरेर पनि फाइदा भएन भने अझै लामो बनाउँदा नै बेश हुन्छ ।”

    नेताप्रति सशंकित, सांसदलाई चेतावनी

    वृद्वहरुको बीचमा आक्रोशपूर्ण बोली बोल्ने अर्का वृद्व देवराम यादवका छोरा श्यामकुमार माओवादी जनयुद्धमा सहभागी भएका थिए । ‘मेरो छोरा जनयुद्ध लड्दा लड्दै ०६२ सालमा नवलपरासीमा सेनाको कार्वाहीमा मारियो’ उनले भने, “मेरो छोराले के कारणले बलिदानी दियो ? नेताहरुलाई रजाइँ गर्नका लागि त होइन नि ? सबै जनताले समान अधिकार पाऊन् भन्नेका लागि बलिदानी दिए । तर ती नेताहरु हामीलाई आन्दोलनमा छाडेर आफू मस्ती गरिरहेका छन् ।”Dilip Sah

    सीतारामका नाति नागेश्वर जारी आन्दोलनका क्रममा गत मंसिर ५ गते रुपनीमा प्रहरीको गोलीबाट मारिएका छन् । सीताराम बन्दले समस्या भइरहेको बताए पनि आन्दोलनलाई रोक्न नहुनेमा जोड दिन्छन् ।

    ‘नेताहरुको कोणबाट आन्दोलन उधारोमा टुंगिने सुन्दैछु’ उनले भने, “यदि यसो भए म र मेरो परिवारमाथि मात्रै होइन, सम्पूर्ण मधेसीसँग धोका हुनेछ ।”

    नेताहरुले यस्तो नगर्नेमा आफूहरु ढुक्क रहेको बताउँदै उनीहरुले यदि यसो गरेमा नेताहरुलाई कदापी नछाड्ने बताए । जिल्लाबाट आफूहरुको मत लिएर जितेर गएकाहरुका कारण पनि आन्दोलन लम्बिएको बताउँदै उनीहरुले सांसदहरुप्रति तीब्र आक्रोश पोख्दै आक्रमणसम्म गर्ने चेतावनी दिए ।

    ‘हामीले उमेश यादवजीलाई भोंट दियौं, तर उहाँले हाम्रै आन्दोलनलाई वेवास्ता गर्नुभएको छ’ आक्रोशित मुद्रामा देवराम यादवले हातको बञ्चरो उठाएरै भने, “यदि मेरो सामुन्ने आए भने म यही बञ्चरोले प्रहार गर्नेछु ।”

    उनको आक्रोश यतिसम्म देखियो कि यदि साँच्चिकै यहाँ भइदिएको भए उनले प्रहार गरिहाल्थे कि ?” प्रहरीको गोलीबाट ज्यान गुमाएका नागेश्वरका हजुरबुवा सीतारामले पनि सांसद तथा सिंचाई मन्त्रीप्रति यसरी नै आक्रोश पोखे । उनले भने, “ऊ आएपछि धार नभएको खुकुरीले प्रहार गर्छु ।” यो कुराहरु बोलिरहँदा उमेरले डाँडा काट्नै लागेका वृद्वहरुको ओठ आक्रोशले काँपिरहेको थियो ।

    आफ्नैले धोका दिएका कारण आफूहरुलाई पुनः आन्दोलन गरेर महिनौंदेखि दुःख झेल्नुपरिरहेको बताउँदै त्यहाँ उपस्थित भएका वृद्वहरुले नेताहरु गद्दारी गरे परिणाम ठीक नहुने बताए ।

    उनीहरुसमक्ष संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठनका केन्द्रीय इन्चार्ज अशोक यादव, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश सिंहसहितका युवा नेताहरु उपस्थित थिए ।

    प्रसङ्ग समवेदनाको समयको थियो । सञ्चारकर्मी शुभनारायण यादवलाई परेको मातृशोकमा समवेदना दिन नेताहरु त्यहाँ पुगे पनि समवेदनाभन्दा बढी आन्दोलनकै बिषयमा गन्थन-मन्थन भयो ।

    पान पसलमा क्षतिपूर्तिको कुरा

    Badri-ray-pan-pasal
    जारी आन्दोलन झण्डै पाँच महिना पुग्नै लागेको छ । यो अवधिमा धेरैलाई छाक टार्नै समस्या भएको छ । ‘सगरमाथा अञ्चल अस्पताल अगाडिमै रहेको होटल नखोलेको पाँच महिना पुग्न लागेको छ’ इटहरी बिष्णुपुर गाविसस्थित गोरगम्मा चोकस्थित एक पान पसलमा भेटिएका राजविराज-७ का दिलिप साहले भने, “आन्दोलनलाई यत्रो दुःख सहेर सघाएका छौं । आफ्नो घर परिवारलाई बिचल्लीमा पारेर पनि सघायौं, नेताहरुले गद्दारी गरे यो पाँच महिनाको क्षतिपूर्ती समेत आफूले मोर्चाबाट पाउनुपर्‍यो नि ।”

    त्यो पान पसलमा पनि नेताहरुले धोका दिन सक्ने विषयमा चर्चा-परिचर्चा भइरहेको थियो । त्यहाँ उपस्थित एक दर्जन ग्रामीण क्षेत्रका बासिन्दाहरुले मंगलबार तमलोपा अध्यक्ष महन्थ ठाकुरले आन्दोलनको स्वरुप परिवर्तन हुन सक्ने भनी दिएको धारणा संचार माध्यमबाट सुनेर उनीहरु छलफल गरिरहेका थिए ।

    ती छलफलमा सहभागी भएका थिए इटहरी बिष्णुपुर गाविस ६ का ६५ बर्षीय तुनाई राय । उनले भनिहाले, “हामीले जिताएर पठाएका व्यक्तिले हाम्रो पक्षमा बोलिदिएको भए यतिका समस्याहरु आउने नै थिएनन् ।”

    बोल्दाबोल्दै उनले पनि आक्रोश पोखिहाले, “त्यस्ता व्यक्तिहरु आउन्, हामी कदापि छाड्नेवाला छैनौं ।”
    चिया र पान पसल मात्रै होइन, अहिले सप्तरीसहित तराई, मधेसका जिल्लाहरुमा आन्दोलन कहिले टुंगिन्छ र नेताहरुले के गर्छन् ? भन्ने कुराले प्रधानता पाएको छ । अधिकांशको एकमत छ, “आन्दोलन केही पाएर टुंगियोस् ।”

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.