×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सरकारबाट मन्त्री फिर्ता बोलाउने प्रचण्डको चेतावनी

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेवती सापकोटा

    काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरूलाई कुनै पनि समयमा सरकारबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।
    पार्टीको ३ नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।दाहालले दलका मन्त्रीहरूलाई फिर्ता हुनका लागि मानसिक रूपमा तयार हुन निर्देशन दिए पनि यसको समयसीमाबारे भने केही उल्लेख गरेनन्।
    भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरूका अलोकप्रिय निर्णय र मन्त्रीहरूका कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरूलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन्।
    ‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखाउन नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्‍यो? हामी रिट्रिट (फर्कने) हुन पनि सक्छौं’, दाहालले बैठकमा भने, ‘सरकार ढल्ने अवस्था सिर्जना नगरौंला। समर्थन दिइराखौंला तर सरकारबाट फिर्ता भएर हामी सबै पार्टी निर्माणमा लागौंला।’
    दाहालकै पहलमा गठन भएको ओली नेतृत्वको सरकारमा एमाओवादीका आठ नेता सहभागी छन्। एमाओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमध्ये सबैभन्दा अलोकप्रिय गृहमन्त्री शक्तिबहादुर बस्नेत भएका छन्।
    भूकम्पपीडितको कोटामा आफ्ना छोरी र आफन्तलाई चीन भ्रमणमा पठाएको बारेमा केन्द्रीय समितिमा प्रश्न उठेपछि सार्वजनिक रूपमा माफी माग्ने उनको लिखित आत्मालोचनालाई पनि उनले कार्यान्वयन गराएका छैनन्।’अब हाम्रातर्फबाट राज्यमन्त्री पठाउने कुरा हुँदैन’, दाहालले भने।
    दाहालले दलका मन्त्रीलाई फिर्ता हुन मानसिक रुपमा तयार हुन निर्देशन दिए। 
    सरकारको कार्यशैलीका बारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराले पार्टीभित्र आवाज उठाउँदै आएका छन् भने स्थायी समिति सदस्य गोपाल किराँतीले सार्वजनिक रूपमा ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन्। ‘हामी पहिलेभन्दा अहिले अप्ठ्यारो राजनीतिक लडाइँमा छौं। हामीले हारेका छैनौं। हामी जितको लहरमा छौं’, बैठकमा दाहालले भनेका थिए।
    सरकार गठन भएको तीन महिना नपुग्दै सत्ताको मुख्य हिस्सेदार दलमध्येको एक एमाओवादी अध्यक्ष दाहालबाट आएको यस्तो अभिव्यक्तिलाई सरकार संकटमा पर्न थालेको रूपमा बुझ्न थालिएको छ। महरा इन्चार्ज रहेको तीन नम्बर प्रदेशको बुधबार र बिहीबार बसेको बैठकमा दाहालले एक नम्बर पार्टी बनाउन नेताहरूलाई आग्रह गरे।
    तराई मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै दाहालले भने, ‘हामी करिबकरिब सहमतिको नजिक पुगेका छौं । छिटै सकारात्मक परिणाम निकाल्छौं।’
    बैठकलगत्तै दाहालले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग नयाँबानेश्वरमा वार्ता गरेका थिए। ठाकुरसँग ४० मिनेट छलफल गरेपछि दाहालले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले भने दाहालसँग ठाकुरको वार्ता फलदायी नभएको बताए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.