×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रधानमन्त्रीमाथि एमाओवादीका तीन चार्ज, श्रेष्ठ भन्छन्, तमासे बन्न सक्दैनौं

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Prachanda

    १७ पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै सत्तारुढ एकीकृत नेकपा माओवादीमा असन्तुष्टि बढेको छ ।

    एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सार्वजनिकरुपमा नै ओली सरकारको आलोचना गर्न थालेका छन् । ‘सरकार सञ्चालनमा असफल भइसक्यौं भन्ने निष्कर्षमा त पुगिसकेका छैनौं’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने- तर, समग्र सरकार सञ्चालन र हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको काममा हामी असन्तुष्ट छौं ।’

    एमाओवादीले ओली सरकारमाथि तीनवटा चार्ज लगाएको छ ।

    आरोप नम्बर १– सरकारले नाकाबन्दीले उत्पन्न गरेको संकट समाधान गर्न जुन प्रकारको योजनावद्ध पहल गर्नुपर्ने हो त्यो ठीक ढंगले गर्न सकेको देखिएन ।

    आरोप नम्बर २– आन्दोलनकारी मधेसी शक्तिहरुसँग गर्ने सरकारकै मुख्य भूमिका हुन्छ, त्यो पनि अहिले टुंग्याउन सकेको छैन । र, त्यसमा सरकार र सरकारमा रहेका शक्तिहरुले मात्र चाहेर कहाँ सकिन्छ भन्ने त सही हो । तर, सरकारको नेतृत्वको तर्फबाट आवश्यक लचकता र पहलकदमी हुनुपर्ने हो । त्यसमा पनि गम्भीरता देखापरेको छैन ।

    र, आरोप नम्बर ३– पछिल्लो जुन प्रकारको निर्णय मन्त्रालयहरु टुटाउने, फुटाउने र नयाँ मन्त्रालय थप्ने निर्णय भयो । यो त सहनीय छैन । यसको कुनै औचित्य कसैले पुष्टि गर्न सक्दैन ।

    मन्त्रालय फुटाउने प्रस्ताव आउँदा आफ्नो पार्टीमा छलफल भएको भन्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने, हामीले कुनै पनि हालतमा मन्त्रालय फुटाउने वा थप्ने हुन सक्दैन, कुनै आधार पनि छैन र सन्दर्भले पनि दिँदैन भनेका थियौं । मन्त्रालय फुटाउने वस्तुगत आधार पनि देखिँदैन ।’

    श्रेष्ठले अघि भने, भूकम्पपीडित जनता खान नपाएर र जाडोले मरिरहेको अवस्थामा मन्त्रालय विभाजन गर्ने कुरा ठीक हुँदैन भन्यौं । बरु हामीले के भन्यौं भने प्रशासन सुधार आयोगको सिफारिसअनुसार मन्त्रालय घटाऔं र त्यसो गर्दा आनुपातिक रुपमा कति मन्त्री घटाउनु पर्ने हो, त्यसका लागि हामी तयार छौं भनेर भन्यौं । तर, पनि मन्त्रालय फुटाइयो र नयाँ बनाइयो ।’

    एमाओवादीले यसलाई सच्याउने र सरकारको काम कारबाही प्रभावकारी बनाउने प्रयास गर्ने बताएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र एमालेसँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले भने, हामी त्यो दिशामा सकारात्मक र परिणाम देखिने बनाउन चाहन्छौं । त्यो भएन भने हामी सधैं यो स्थितिमा रहिरहन सक्दैनौं ।’

    एमाओवादीले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने भन्दै मानसिकरुपमा तयार रहन भनेको छ । तर, सरकार ढाल्ने योजना भने नरहको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

    श्रेष्ठले भने, हामी हेरेर बसिरहने पक्षमा छैनौं । अहिले नै यो सरकार ढाल्ने र अर्को सरकार बनाउने पहल भने हाम्रो छैन । तर, सरकारको अहिलेको कामलाई यहि रुपमा रहन दिएर हामी तमासे बन्न सक्दैनौं ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.