×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

नक्कलीको पोल्टामा राहत

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भूकम्पपीडितको व्यथा

    अझैसम्म राहत नपाएकी रसुवाको हाकु ८ तिरुकी भूकम्पपीडित बुद्धिमाया तामाङ (बायाँ) र पीडितको परिचयपत्रसमेत नपाएका सिन्धुपाल्चोक, फटकशिलाका गणेश नेपाली ।

    पुस १७, २०७२- भूकम्प प्रभावित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा वास्ताविक पीडितभन्दा टाठाबाठाले राहत बढी पाएका छन् । कतिपयले सुरुकै १५ हजार पाएका छैनन् भने न्यानो कपडाका लागि दिइने रकम पनि सुस्त गतिमा वितरण भइरहेको छ ।

    धादिङमा वास्तविक भूकम्पपीडितहरूको पहिचान गरी सिफारिस गर्ने स्थानीय संयन्त्र र गाविस सचिवहरूको मनोमानीले भूकम्पले संरचना पूर्ण क्षति भएकाहरू समस्यामा परेका छन् । वास्तविक पीडितले न्यूनतम राहतसमेत पाउन सकेका छैनन् । तर, सदरमुकाममा ५ तले पक्कीघर भएकाहरूले राज्य र संस्थाहरूबाट पाउने नगदलगायत सबै राहत कुम्ल्याएका छन् ।

    प्रथम चरणको क्षति विवरण संकलन गर्ने क्रममा आंशिक क्षति भएका र क्षति नै नभएका घर परिवारले ‘क’ वर्गको परिचयपत्र लिएको र सरकारी नगद राहत बुझेको भेटिएको छ । पूर्ण क्षति भएका सयौं अझै पनि सरकारी राहतबाट वञ्चित छन् । जिल्लामा वास्तविक घरधुरी ७३ हजार ८ सय ५१ भए पनि भूकम्पपछि ८३ हजार घरधुरीले पूर्ण क्षति देखाएर ‘क’ वर्गको भूकम्पपीडित परिचयपत्र लिएका छन् । अझै पनि आफ्नो नाम छुटेको भन्दै थप १५ हजारले निवेदन दर्ता गराएका छन् । नगद राहत, सहुलियत ऋण, वैदेशिक रोजगारमा सहुलियत लिन १२ हजार नक्कली घरधुरी बढेको देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले ६८ हजार ७ सय ४४ घरधुरीलाई मात्रै अस्थायी आवासका लागि १ अर्ब ३१ करोड १६ लाखभन्दा बढी नै नगद वितरण गरिसकेको छ ।

    दक्षिणी धादिङको पीडा ६ स्यामैडाँडाका श्रीकृष्ण चेपाङको घर दुईपटकको भूकम्पले पूर्ण क्षति भयो । तर, उनले आंशिक क्षति भएको परिचयपत्र पाए । उनको भत्केको घर नहेरी हचुवाको भरमा आंशिक क्षति भएको सूचीमा राखियो । भत्केकै एउटा कोठामा आगो तापेर परिवारै रात बिताउने र दिनभर जंगलमा दाउरा र ताप्ने मुढा खोज्ने हालतमा छन् उनी । ‘क्षति नै नभएका, आंशिक क्षति भएका चिनजानका हुने–खाने छिमेकीहरूले हाँस्दै १५ हजार नगद बुझेको देख्दा आफ्नो मन कटक्क खायो, त्यतिबेला कसलाई भन्नु ? घरक्षति छुट भएको निवेदन गाविसमा दिएको छु, हालसम्म कुनै टुंगो लागेको छैन,’ उनले दुखेसो पोखे ।

    सदरमुकामको पुछारबजारस्थित अशोक अधिकारी र उनी श्रीमतीले दुवैजनाले ‘क’ श्रेणीको परिचयपत्र र अस्थायी आवासका लागि ३० हजार नगद राहत लिए । तर, उनीहरूको ५ तले पक्की घर चैतदेखि नै भाडामा छ । पूर्ण क्षति भएको परिचयपत्र आफैं दिएको नगरपालिकाले घरधनी अशोकसँग होटेल र लोकदोहोरी साँझ सञ्चालन गरेबापत घरभाडा कर र आयकर पनि असुल गर्दै आएको छ । नगरपालिकाले अशोकको घर मात्रै होइन आफैंले पूर्ण क्षति भएको परिचयपत्र दिएका सदरमुकामका दर्जनौं घर र होटेलहरूबाट घरभाडा कर, आयकर असुल गर्छ ।

    तत्कालीन नीलकण्ठ गाविसका पूर्वउपाध्यक्ष होमनाथ रिजालको पारिवारिक आयस्रोत राम्रै छ । छोराहरू पनि रोजगारमै छन् । तैपनि, नीलकण्ठ ३ इजारास्थित अंशबन्डा नै नभएको एउटा घर क्षति भए पनि छोरा, श्रीमती र आफ्ना नाममा ५ वटा ‘क’ वर्गको परिचयपत्र बनाएर नगरपालिकासँग अस्थायी आवासका लागि ७५ हजार नगद बुझिसकेका छन् । नीलकण्ठ ८ मुरलीभञ्ज्याङका गोविन्द लम्सालले छोरा, आमा, श्रीमतीलगायत ५ वटा घर पूर्ण क्षति भएको परिचयपत्र बनाएर राहत बुझिसकेका हुन् ।

    जिल्ला विपत् व्यवस्थापन समन्वय समितिले घरको क्षति विवरणको अनुगमन गर्ने र सार्वजनिक सुनुवाइ नगरी परिचयपत्र वितरण गर्‍यो, जसले गर्दा धेरै नक्कलीले राहत पाए । ‘वास्तविकताभन्दा बढाइचढाइ गरिएका नजिकैका गाविसका त कुरै छोडौं सदरमुकाम नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडामा पर्ने डेढ किलोमिटरको बजारसमेत छानबिन र अनुगमन गरिएन,’ कांग्रेसका सचिव भक्तबहादुर लामाले भने ।

    अख्तियारले वास्तविकभन्दा बढीलाई राहत दिइएको बारे सचेत गराएपछि थप १५ हजार समेतलाई सिफारिस गरिएको थियो । स्थानीय प्रशासनमा घरधुरी छुट भएको निवेदनको चाङ लाग्न थालेपछि सम्बन्धित गाविसलाई नै जिम्मेवारी दिई छानबिन गरी सिफारिस गर्न पठाइएको थियो । ‘गाविस सचिवहरूले पनि बिनाअनुगमन सहजै पूर्ण क्षति भएको सिफारिस दिएपछि अख्तियारको चेतावनीसमेत बेवास्ता हुन पुगेको छ,’ जिल्ला विपत् व्यवस्थापनका सूचना अधिकृत भोला गौतमले भने ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले पनि क्षतिको वास्ताविकता पहिचान गर्नुपर्ने बताउँछन् । ‘भूकम्पले धेरै नोक्सान गरेको सिन्धुपाल्चोक र दोलखामा वास्तविकभन्दा क्षति भएका घरधुरी संख्या कम हुने, धादिङमा दुईतिहाइ वृद्धि हुने कसरी हुन्छ ?’ उजुरी परेपछि जिल्लामा हालसम्म १ सय २५ जनाले ६ लाख फिर्ता गरेका छन् ।

    पीडित थोत्रा पालमा, टेन्ट गोदाममा
    नुवाकोट– भूकम्प गएको ९ महिना बित्न लाग्दा पनि टेन्टसम्म पाउन नसकेका पीडितको अवस्था दयनीय छ । उनीहरू पुसको चिसोमा शिविरको छाप्रोमा कष्टकर रात बिताइरहेका छन् । तर, तिनै पीडितका नाममा आएका सरकारी राहतका टेन्ट भने सदरमुकाको गोदाममा प्रयोगविहीन अवस्थामा थन्किएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिको विदुरस्थित इलम प्रशिक्षण केन्द्रको गोदाममा लगभग एक हजार टेन्ट, पाल, बाल्टिन, कम्बल तथा अन्य कपडा छन् । भूकम्पपीडितलाई दुई छाक टार्न खाद्यान्न समस्या भइरहँदा गोदाममा रहेका चामलका केही बोरा पनि फुटेर असरल्ल छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल पछि हुन सक्ने घटनाका लागि राहत सामग्री गोदाममा राखेको दाबी गर्छन् ।

    सरकारले पीडितका लागि पठाएको न्यानो कपडाको रकम पनि समयमै भूकम्पपीडितको हातमा पुग्न सकेको छैन । दुई साताअघि पीडित परिचयपत्रका आधारमा वितरण गर्न गाविस खातामा पठाइएको १० हजार न्यानो कपडाको रकम बुधबारसम्म ७६ हजार भूकम्पपीडितमध्ये २६ हजार परिवारको हातमा मात्र पुगेको छ । सहायक प्रजिअ खगेन्द्र अधिकारीले घर पूर्ण क्षतिको परिचयपत्र प्राप्त गरेका सबै पीडितको हातमा एक साताभित्र न्यानो कपडाको १० हजार पुग्ने दाबी गरे । गाविस सचिवहरूले गाउँमा विवाद रहे पनि न्यानो कपडा कार्यक्रमको रकम बाँड्न बाध्य भएको बताएका छन् । ‘मानवीय धर्म र नैतिक दायित्वका लागि हामीले विवादलाई पन्छाउँदै न्यानो कपडाको रकम बाँडयौं,’ गाविस हकहित केन्द्रका अध्यक्ष महेन्द्र नेपालले भने । वास्तविक भूकम्पपीडित राहतबाट वञ्चित भएका र राज्यले उनीहरूलाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार कविलास र थान्सिङ गाविसमा वास्तविक तीन सय १७ पीडित राहत पाउनबाट वञ्चित भएको बताए ।

    परिचयपत्र पाए, राहत पाएनन्
    रसुवा– प्रशासन धाउँदा पनि राहतको १५ हजार रुपैयाँ नपाउँदा हाकु ८ तिरुका सन्तोष लामा निराश छन् । ‘राहत पाइन्छ कि भनेर धाइयो, पाइएको छैन,’ उनले भूकम्पपीडित परिचयपत्र र राहतका लागि लेखिएको निवेदन झोलाबाट झिकेर देखाउँदै भने, ‘सीडीओ सापले एक साता पर्ख भनेका छन् ।’

    हाकुका ५ धुरीले उक्त रकम नपाएको गुनासो पोखे । लहरेपौवा ९ का अर्जुन बिकले पनि भूकम्पपीडित परिचयपत्र हुँदाहँ‘दै पनि १० हजार नपाएको गुनासो गरे । हालै सरकारले घोषणा गरेको १० हजारसमेत उनले पाएका छैनन् । स्थानीय प्रशासनले दुई गाविसबाहेक सबैलाई १० हजार वितरण गरिसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘पछि भूकम्पपीडित परिचयपत्र लिएको सुनिन आयो । छानबिन गर्न समिति बनाएका छौं ।’ गत्लाङ र धैबुङमा १० हजार वितरण गर्न बाँकी छ ।

    जिल्लामा वास्तविक भूकम्पपीडितको तथ्यांक अहिलेसम्म आएको छैन । समितिका एक सदस्यले अनुमानका आधारमा पीडितको तथ्यांक बनाएको बताए । ‘रिपोर्टमै वास्तविक भूकम्पपीडित छुटे,’ उनले भने । छानबिनका लागि पठाइएका प्राविधिक कतिपय कार्यक्षेत्रमा नपुगी फर्केको ती सदस्यले बताए । भूकम्प आइरहेको अवस्थामा प्राविधिक खटाइएकाले वास्तविक तथ्यांक नआएको देखिएको छ । भूकम्पपछि धेरै घाइते उपचारमा व्यस्त थिए । त्यस्तो बेला राहत वितरणको सुरुवात गरिएको समितिका अर्का सदस्यले बताउँदै भने, ‘गाउँले र गाउँकै राजनीतिक दलले पनि घाइतेको सही जानकारी दिएनन् ।’ समितिले अहिले भूकम्पपीडितको नामावली संकलन र अध्यावधिक गर्न गाविसलाई लेखी पठाएको छ । अहिलेसम्म रसुवामा ११ हजार १ सय ८६ जनालाई १५ हजार र १० हजार रुपैयाँ वितरण गरेको तथ्यांक सार्वजनिक भएको छ । ११ हजार ९ सय ५० जनालाई राहत वितरण गर्नुका साथै भूकम्पपीडित परिचयपत्र दिएको समितिको तथ्यांक छ । उक्त तथ्यांक पनि अनुमानित भएको एक सदस्यले जनाए । रसुवामा १० हजार बाँड्न ८ करोड र १५ हजार बाँड्न ३० करोड ८ लाख रकम भित्रिएको थियो । त्यसमध्ये १५ हजारका दरले वितरण गर्नुपर्ने ९४ लाख रुपैयाँ वितरण गर्न बाँकी छ ।

    राहत सामग्री वितरण गर्न पनि राजनीतिक दलका निकट र आफ्ना मान्छे हेरिएको स्थानीयले बताए । ‘गाली खाइने भएकाले त्यतिबेला केही भन्न सकिएन ।’ उनले भने, ‘आएका राम्रा वस्तुहरू त्यसरी वितरण भयो, हामीले के भन्ने र बोल्ने अवस्था भएन ।’ रसुवामा भूकम्पबाट ६ सय ६१ जनाको मृत्यु भएको देखिएको स्थानीय प्रशासनको तथ्यांक छ । तीमध्ये स्वदेशी ६ सय ३९ र विदेशी २२ छन् । १ सय ७ जना हराइरहेका छन् ।
    चिकित्सक टोली पठाउने तयारी

    रसुवाको उत्तर–दक्षिणका चिसोले बढी प्रभावित गाविसमा स्वास्थ्य मन्त्रालयबाट खटाइएका ४ डाक्टरसहितको टोलीलाई तत्काल परिचालन गर्ने तयारी भएको छ । अत्यधिक चिसोले भूकम्पपीडित बिरामी पर्ने र केहीको मृत्यु भएपछि चिकित्सकको टोली पठाउने तयारी गरिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयले भूकम्पपीडितको मृत्यु चिसोले नभई अन्य कारणले भएको प्रस्ट पारेको छ । जस्ता र पालका छानामुनि बसेर गुजारा गरिरहेका भूकम्पपीडितहरूको चिसोले मृत्यु भएको खबर बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयले त्यस्तो दाबी गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यालय प्रमुख डा. माधवप्रसाद लम्सालले मृत्यु भएका भनिएकाहरू जिल्लास्थित कुनै पनि स्वास्थ्य केन्द्रमा जचाउन नगएको बताए । ‘खबर प्राप्त हुनेबित्तिकै मृतकको घरघरमा स्वास्थ्यकर्मी खटाउँदा दम, मिर्गौला, प्यारालाइसिस, उच्च रक्तचापका बिरामीहरू रहेछन्,’ उनले भने, ‘यस्ता बिरामीहरूलाई चिसोले बढी च्याप्छ र मृत्युको नजिक भने पुर्‍याउँछ ।’ केही दिनअघि उनले भूकम्प प्रभावित क्षेत्रमा सिटामोल र निमोनियाँको औषधि नभएको कान्तिपुरलाई बताएका थिए ।

    सरदर चिसोका बेला दीर्घरोगीमा रोग वृद्धि गराउने खतरा हुने भएकाले बढी सावधानी अपनाउनुपर्ने जिल्ला स्वास्थ्यको भनाइ छ । चिसोले भूकम्पपीडितको मृत्यु भएको खबरपछि सचेतता अपनाउँदै ग्रामीण भेगका स्वास्थ्यकर्मीहरूलाई चौबीसै घण्टा सेवामा उपलब्ध हुनू भन्ने निर्देशन गरिएको कार्यालयले जनाएको छ । चिसो लाग्नेबित्तिकै बिरामीहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा जाने सन्देशहरू सार्वजनिक सञ्चारमाध्याममार्फत प्रचार गर्ने पनि कार्यालयले जानकारी दिएको छ । चिसो लागेर मृत्यु भएका भनिएकाहरू पहिला कुनै पनि स्वास्थ्य संस्था जचाउन नपुग्नुले दुर्घटना निम्त्याएको हुन सक्ने जिल्ला स्वास्थ्यको भनाइ छ । सरकारी कार्यालय समय बसेर काम गरेको हुनुपर्ने नीति भए पनि २ बजे नै स्वास्थ्य संस्था बन्द हुने अवस्था छ । अत्यावश्यक औषधि अभाव भएको जनगुनासो छ ।

    [हरिहरसिंह राठौर (धादिङ), ऋषिराम पौड्याल (सिन्धुपाल्चोक), प्रकाश अधिकारी (नुवाकोट) र कृष्ण थापा (रसुवा)]

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.