गाेरखा । साताकाे दाेस्राे दिन नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
सुन तोलामा ६०० रूपैयाँ बढेर २ लाख ८४ हजार ६०० रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
हिजाे सुन प्रतितोला २ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
सुन संगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी ताेलामा ८० रुपैयाँले बढेर ४ हजार ३२० रूपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ४ हजार २४० रुपैयाँमा काराेबार भएकाे थियाे ।




















