गाेरखा । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ३१ पैसा, बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९ पैसा बिक्रीदर ४०९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल १ को खरिददर ३९९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १७ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




















