गाेरखा । आज नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ४00 रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ बढेकाे भएता पनि चाँदीकाे भाउ भने घटेकाे छ । चाँदी ताेलामा ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियाे ।




















