गाेरखा । साताकाे पहिलाे दिन आज आइबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ६00 रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ८४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ बढेपनी चाँदी भाउ भने घटेकाे छ । चाँदी ताेलामा ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियाे ।




















