गाेरखा । साताकाे छैटाैं दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ३ हजार ३00 रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियाे ।




















