गाेरखा । साताकाे पाँचाै दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा २ हजार ४00 रुपैयाँले घटेर २ लाख ८४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।




















