गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६४ पैसा, स्विस फ्रयाङ्क १ को खरिददर १८७ रुपैयाँ ९० पैसा र बिक्रीदर १८८ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०७ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम १ काे खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७७ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ १८ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ ।
बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ९९ पैसा, बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८८ पैसा, ओमनी रियाल १ को खरिददर ३९३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




















