गाेरखा । नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार ४00 रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८९ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियाे ।




















