गाेरखा । रिलायन्स फाइनान्सका सदस्यहरुले सुविधा पाउने गरी गाेरखा गार्डेन हाेटल बिच सम्झाैता भएकाे छ ।
रिलायन्सका कर्मचारी तथा त्यसका सदस्यहरुले हाेटल उपभाेग गरे बापत पाउने सेवा र सुविधाकाे बिषयमा २ पक्ष बिच सम्झाैता सम्पन्न भएकाे रिलायन्सका गाेरखा शाखा प्रमुख सुवत लामिछानेले जानकारी दिए ।
उनका अनुसार सम्झाैता बमाेजिम अब रियान्सका कर्मचारी तथा त्यसका सदस्यहरुले गाेरखा गार्डेन हाेटलमा बास बस्दा वा खाना तथा खाजा खादा सहुलियत पाउने छ ।
सम्झौता अनुसार होटलमा खानाखादा, पेय पदार्थ प्रयाेग गर्दा वा रेष्टुरेन्ट र बेकरी लिदा १० प्रतिशत र काेठा प्रयाेग गर्दा १५ प्रतिशतसम्म छुट पाउने ब्यवस्था मिलाइएकाे छ । उक्त छुट रिलायन्सको माेबाईल बैकिङ वा डेविट कार्ड मार्फत भुक्तानी गर्दा लागू हुने पनि सम्झाैतामा उल्लेख गरिएकाे छ ।
आज सम्पन्न सम्झौतापत्रमा रिलायन्सका तर्फबाट शाखा प्रबन्धक लामिाछाने र हाेटलका जीएम कुमार काेइरालाले हस्ताक्षर गरेका छन् ।



