गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ । आज तोलामा एकै दिनमा ९ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख ४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटेसंगै चाँदीको भाउ पनि घटेकाे छ । चाँदी तोलामा ६२० रुपैयाँले घटेर तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।




