गाेरखा । केही दिन घटेकाे सुनकाे भाउ फेरी उकालाे लाग्न थालेकाे छ । आज तोलामा एकै दिनमा १४ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ३७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढेसंगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा २६५ रुपैयाँले बढेर तोलाको ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।




