गोरखा । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । आज पनी सुन र चाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे संगै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलाको ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।




















