गाेरखा । नेपाली ईतिहासमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै महंगाे भएकाे छ ।
सुन आज एकै दिनमा ताेलामा ६ हजार ३०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा १० हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा ३१० रुपैयाँले बढेर तोलाको ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ८८० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।




