गाेरखा । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै महंगाे भएकाे छ ।
सुन आज एकै दिनमा ताेलामा ४ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा ६०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा १८५ रुपैयाँले बढेर तोलाको ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।




