गाेरखा । आज नेपाली बजारमा सुनकाे भाउ बढेकाे भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा ६०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे हप्ताकाे शुक्रबार सुन ताेलामा २०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे पनि चाँदीकाे भाउ भने घटेकाे छ । चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे हप्ताकाे शुक्रबार ताेलामा १६० रुपैयाँले बढेर तोलाको ५ हजार ६४५ रुपैयाँमा काराेबार भएकाे थियो ।





















