गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज ताेलामा ७०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा १ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा १६० रुपैयाँले बढेर तोलाको ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलामा १७० रुपैयाँले घटेर तोलाको ५ हजार ४८५ रुपैयाँमा काराेबार भएकाे थियो ।




