गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ उच्च बिन्दुबाट केही तल झरेकाे छ ।
सुन आज ताेलामा १ हजार ५०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटे संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी तोलामा १७० रुपैयाँले घटेर तोलाको ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलामा ३१५ रुपैयाँले बढेर तोलाको ५ हजार ६५५ रुपैयाँमा काराेबार भएकाे थियो ।




