गाेरखा । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्म कै उच्च बिन्दुमा पुगेकाे छ ।
सुन आज ताेलामा १ हजार ५०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा १ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा ३१५ रुपैयाँले बढेर तोलाको ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलामा १४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।




