गाेरखा । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्म कै उच्च बिन्दुमा पुगेकाे छ ।
सुन आज ताेलामा १ हजार ८०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा ४ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा १४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे हिजाे ताेलामा २०५ रुपैयाँले बढेर तोलाको ४ हजार १९५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।




















