गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ फेरी उच्च बिन्दुमा पुगेकाे छ ।
सुन आज ताेलामा ४ हजार १०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा २ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा २०५ रुपैयाँले बढेर तोलाको ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे हिजाे ताेलामा २१० रुपैयाँले बढेर तोलाको ४ हजार ९९० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।



