गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ फेरी उच्च बिन्दुमा पुगेकाे छ ।
सुन आज ताेलामा २ हजार ८०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे शुक्रबार सुन ताेलामा २ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा २१० रुपैयाँले बढेर तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । सुन गएकाे पुन १३ गते आइतबार पनि साेही मूल्यमा पुगेर घटदै गएकाे थियाे ।
उता चाँदी भने नेपाली बजारमा पुस २३ गते बुधबार ताेलाकाे ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे । चाँदी अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।



