गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ ।
सुन हिजाे ताेलामा २ हजार १०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढेकाे भएतापनि चाँदीकाे भाउ भने घटेकाे छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलामा १०० रुपैयाँले घटेर तोलाको ४ हजार ८३५ रुपैयाँमा काराेबार भएकाे थियो ।



