गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटे संगै चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी तोलामा १०० रुपैयाँले घटेर तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियो ।



