गाेरखा । नेपाली बजारमा आज पनि सुनकाे भाउमा सामान्य गिरावट आएकाे छ ।
सुन आज ताेलामा ४०० रुपैयाँले घटेर तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेपनी चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ८८० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा चाँदीकाे भाउ अहिलेसम्मकै उच्च हाे । यस अधि गएकाे पुस १४ गते ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



