गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज ताेलामा ३ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६५ हजार रुपैयाँमा काराेबार भएकाे थियो । आइतबार ताेलामा २१ सयले घटेकाे सुन हिजाे साेमबार ताेलामा ४६ सय रुपैयाँले बढेकाे थियाे ।
सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनी बढेकाे छ । चाँदी तोलामा १९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ६८५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा गएकाे आइतबार अर्थात पुस १३ गते सुन ताेलाकाे २ लाख ७० हजार ६०० र चाँदी पुस १४ गते ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



