गाेरखा । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज ताेलामा ४ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनी बढेकाे छ । चाँदी तोलामा १८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा गएकाे आइतबार अर्थात पुस १३ गते सुन ताेलाकाे २ लाख ७० हजार ६०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस यता लगातार रुपमा सुनकाे भाउ ओेरालाे लागेकाे छ ।



