गाेरखा । साताकाे पहिलाे दिनमा नै नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन गएकाे शुक्रबार तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे शुक्रबार तोलाको ४ हजार ५२५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा गएकाे आइतबार अर्थात पुस १३ गते सुन ताेलाकाे २ लाख ७० हजार ६०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस यता लगातार रुपमा सुनकाे भाउ ओेरालाे लागेकाे छ ।



