गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६१ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेसंगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ४७० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा गएकाे आइतबार अर्थात पुस १३ गते सुन ताेलाकाे २ लाख ७० हजार ६०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस यता लगातार रुपमा सुनकाे भाउ ओेरालाे लागेकाे छ ।
साताकाे याे ४ दिनमा साेमबार, मंगलबार र बुधबारमात्रै ताेलामा ११ हजार रुपैयाँले भाउ घटेकाे छ ।



