गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा १ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेसंगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी तोलामा १२० रुपैयाँले घटेर तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ५९० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा गएकाे आइतबार अर्थात पुस १३ गते सुन ताेलाकाे २ लाख ७० हजार ६०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस यता लगातार रुपमा सुनकाे भाउ ओेरालाे लागेकाे छ ।
साताकाे याे ४ दिनमा साेमबार, मंगलबार र बुधबारमात्रै ताेलामा ९ हजार ६०० रुपैयाँले भाउ घटेकाे छ ।




















