गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज ताेलामा ७ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ७० हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेसंगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ८९५ रुपैयाँमा काराेबार भएकाे थियो ।




















