गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ सामान्य रुपले घटेकाे छ ।
सुन आज ताेलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेपनी चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ८३५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा चाँदीकाे भाउ अहिलेसम्मकै उच्च हाे ।
विश्व बजारमा सुन र चाँदीकाे भाउमा उचार चढाव आए संगै त्यसले नेपाली बजारमा प्रभाव पार्ने गर्दछ ।



