गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउले फेरी पनि ईतिहास रचेकाे छ ।
सुन आज ताेलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन गतएकाे हप्ताकाे शुक्रबार तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा २७० रुपैयाँले बढेर तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे हप्ताकाे शुक्रबार तोलाको ४ हजार ५६५ रुपैयाँमा काराेबार भएकाे थियो । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च हाे ।
विश्व बजारमा सुन र चाँदीकाे भाउमा उचार चढाव आए संगै त्यसले नेपाली बजारमा प्रभाव पार्ने गर्दछ ।



