गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ सामान्य घटेकाे छ ।
सुन आज ताेलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे अहिलेसम्मकै महंगाे तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे अहिलेसम्मकै महंगाे तोलाको ४ हजार ४२० रुपैयाँमा काराेबार भएकाे थियो ।
विश्व बजारमा सुन र चाँदीकाे भाउमा उचार चढाव आए संगै त्यसले नेपाली बजारमा प्रभाव पार्ने गर्दछ ।



