गाेरखा । नेपाली बजारमा सुन र चाँदी अहिलेसम्म कै महंगाे भएकाे छ ।
सुन आज ताेलामा ९०० रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा १६५ रुपैयाँले बढेर तोलाको ४ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार २५५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्म कै उच्च हाे ।



