गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ एकै दिनमा ३ हजार ४०० रुपैयाँले बढेकाे छ । साेही अनुपातमा चाँदीकाे भाउ पनि बढेर अहिले सम्मकै उच्च भाउ कायम भएकाे छ ।
सुन आज ताेलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी तोलामा १३० रुपैयाँले बढेर तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार १०५ रुपैयाँमा काराेबार भएकाे थियो । नेपाली बजारमा चाँदीकाे भाउ अहिलेसम्म कै उच्च हाे ।



