गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे घटेकाे छ ।
सुन आज पनि ताेलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेसंगै चाँदीको भाउ पनि घटेकाे छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ८० रुपैयाँ थियो ।



