गाेरखा । नेपाली बजारमा केही दिन यता लगातार रुपमा सुन र चाँदीकाे बढन थालेपछी मूल्यमा रेकर्ड ताेड्न थालेकाे छ ।
सुन आज पनि ताेलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ५९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ बढेसंगै चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८0 रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ४ हजार ५५ रुपैयाँ थियो ।




















